• Breaking News

    6.27.2016

    सन्यासको निर्णय फिर्ता लिन मेसीलाई म्यारोडोनाको आग्रह


    अर्जेन्टिनाका लिजेन्ड तथा पूर्वप्रशिक्षक डिएगो म्यारोडोनाले सन्यासको घोषणा गरेका स्टार खेलाडी लियोनल मेसीलाई अर्जेन्टिनी राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका छन्।

    सोमबार चिलीसँग कोपा अमेरिका फुटबलको फाइनलमा हारेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसीलाई म्यारोडोनाले सन्यासको निर्णयबाट पछि हट्न आग्रह गरेका हुन्।

    मेसीले आफ्नो कप्तानीमा खेलेका ठूला तीन प्रतियोगिताको फाइनलमा अर्जेन्टिना उपाधिविहीन भएपछि सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए।

    अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्कन आग्रह गर्दै म्यारोडोनाले उपाधिका लागि अझै केही समय पर्खन समेत मेसीलाई सुझाव दिएका छन्।

    म्यारोडोनाले मेसीले अहिले नै सन्यास लिने समय नभएको समेत उल्लेख गरेका छन्।

    म्यारोडोनाले मेसीलाई सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलसम्म टोलीमै रहन पनि भनेका छन्।

    म्यारोडोनाले भनेका छन्,‘मेसी राष्ट्रिय टिममा रहनुपर्छ। उनी रुसमा विश्व च्याम्पियन हुनका लागि जानुपर्छ र त्यसका लागि तयार हुनुपर्छ।’

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र