• Breaking News

    6.08.2016

    धनियाँ नै हो घमौरालाई निको बनाउने शुत्र, जानौँ अन्य केहि घरेलु उपायहरू


    केहि दिन देखि गर्मीको मात्रा ह्वात्तै बढ्दै आएको छ। दिउँसोको बेला बाहिर घाममा सजिलैसित हिँड्न सक्ने बेला गैसक्यो। यस्तो बेलामा अधिकांशलाई घमौराले सताउनु स्वाभाविक कुरा हो।

    विशेष गरी उसलाई जो पहिल्यै देखि घमौराको कष्ट भोग्दै आइरहेका छन्। पसिना र धुलोको कण र त्यसमाथि घामको तापले गर्दा घाँटी, पेट, हात, ढाड जस्ता पातलो छाला भएको अङ्गमा बिबिराजस्तो देखा पर्दछ र चिलाउने पनि गर्छ। साधारणतयाः बालबच्चाहरूलाई घमौराले बढि सताउने गर्दछ।
    त्यसैले आज हामी तपाईँहरूलाई यस्तो चिरचिरे घमौरालाई निको पार्ने केहि घरेलु तथा प्राकृतिक शुत्रहरूको बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।

    १. हरियो धनिया– सानो गिलासमा पानी र हरियो धनियाको पात काटेर घोल्नुहोस्। त्यसलाई ४/५ घण्टासम्म त्यत्तिकै छाड्दिनुहोस् अथवा फ्रीजमा राखिदिनुहोस्। पछि त्यस पानी र धनियाको मिश्रण अथवा बरफलाई घमौरा आएको ठाउँमा पोतिदिनुहोस्। यसले घमौराको चिरचिरे कष्टबाट राहत दिई केहि दिनमा घमौरालाई निको पार्न मद्दत गर्दछ।

    २. नीम– नीमको रूखको सानो टुक्रा बोक्रालाई मसिनो गरी पिसेर लेदो बनाउनुहोस् र त्यसलाई घमौरा आएको ठाउँमा लेप्नुहोस्। केहि दिनसम्म यस्तो गर्नाले घमौराबाट छुट्कारा पाउन सकिन्छ।
    अथवा नीमको पातलाई पानीमा राखेर उमाल्नुहोस् र त्यस पानीले घमौरा आएको अङ्ग पखाल्नाले पनि घमौराबाट राहत पाउन सकिन्छ।

    ३. नरीवलको तेल र कपूर– नुहाइसकेपछि नरिवल तेलमा थोरै कपूर धुलो बनाएर मिसाउनुहोस् र त्यस मिश्रणतेलले घमौरा आएको ठाउँमा मालिश गर्दा घमौरा निको हुन बेर लाग्दैन। तर विचार रहोस् कि कसै-कसैको शरीरमा तेल पर्दा एलर्जीले सताउन सक्छ। त्यस्तो व्यक्तिले यो उपाय नअपनाउँदै राम्रो।

    ४. सरसोँको तेल– पानीमा सरसोँको तेल मिसाएर विहान र साँझ घमौरा आएको ठाउँमा मालिश गर्दा ३ दिनमा घमौरा ठीक हुँदै जान्छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र