• Breaking News

    6.27.2016

    रौतहटमा रहेका प्रचण्डलाई काठमाण्डुबाट प्रधानमन्त्रीले फोन गरेपछि…





    काठमाण्डु, १३ असार– रौतहटमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार दिउँसो काठमाण्डुबाट प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।

    जनकपुरको एक कार्यक्रममा भाग लिएर रौतहट पुगेका प्रचण्डलाई सोही क्रममा ओलीले फोन गरेको स्रोतले बतायो ।
    कांग्रेसले संसदअबरुद्ध गरेको विषयमा प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्नुअघि ओलीले प्रचण्डसँग फोनमार्फत सुझाव मागेका थिए ।
    जवाफमा प्रचण्डले दुवै पक्ष लचिलो भएर विवाद मिलाउन सुझाव दिएका थिए । कांग्रेसले तत्काल भूकम्पपीडितलाई दुई लाख रुपैयाँ दिनुपर्ने माग राखेको विषयमा प्रचण्डसँग ओलीलाई पुरानो कार्यबिधिअनुसार पैंसा दिन नमिल्ने भए नयाँ कार्यबिधि बनाएर दुई लाख नभएर तीन लाख नै दिन सुझाएको बुझिएको छ ।
    ओली पनि हालको कार्यबिधि परिवर्तन गरेर भूकम्पपीडितलाई तीन लाख दिन सहमत भएका छन् । कार्यबिधि बनाउने विषयमा प्रचण्ड फर्किएपछि शीर्ष नेताबीच आजै छलफल हुने सम्भावना रहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र