काठमाडौं, जेठ २५ । सुरिया डाइगोनोस्टिक प्रालिले क्यान्सर रोग लागे/नलागेको र क्यान्सर कुन तहसम्म पुगेको छ भनी निक्र्यौल गर्ने मेसिन भित्र्याएको दाबी गरेको छ ।
‘पोजिट्रोन इमिसन टोमोग्राफी’ नामक यो मेसिन नेपालमा पहिलोपटक भित्र्यााएको दाबी पनि सो प्रालिले गरेको छ ।
क्यान्सर परीक्षण गर्ने उपयुक्त मेसिनको अभावमा वर्सेनि १५ हजार मानिस भारत जाने गरेकामा अब सोक्रम रोकिने सुरिया डाइगोनोस्टिक प्रालिका प्रमुख डा. क्रितान्जली कोइरालाले बताइन् ।
No comments:
Post a Comment