काठमाडौं, १६ असार । ‘स्वतन्त्र मधेस’ अभियानका संयोजक सीके राउतले मधेस स्वतन्त्र भएमात्रै विकास हुने तर्क प्रस्तुत गरेका छन् ।
मधेशलाई विकास चाहिन्छ, राजनीति हैन भन्ने प्रसंग धेरैले उठाएपछि त्यसको जवाफमा राउतले स्वतन्त्र भए मधेसमा आफै विकास हुने दाबी गरेका हुन् ।
उनले सम्पूर्ण नेपाललाई पनि विकास चाँहिने भन्दै मधेशलाई विकास चाहिन्छ, राजनीति हैन भन्नेलाई भारतलाई नेपालको विकास गर्न किन ठेक्का नदिएको भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘के नेपाललाई विकास चाहिँदैन ? पक्कै चाहिन्छ, हैन ? नेपाल बनेको, विकसित भएको सबै नेपालीहरुको अटूट सपना नै हो । त्यसो भए, विकासका लागि नेपाललाई किन ठेक्का न दिएको त ? नेपालको दुइटै छेऊमा तीव्र गतिमा विकास गरिरहेका र गरेका देशहरु छन्, चीन र भारत । तिनीहरुलाई नेपालको विकास गर्न ठेक्का दिए त भइहाल्यो नि !’
यस्तो छ सीके राउतको तर्कः
मधेशलाई विकास चाहिन्छ, राजनीति हैन भन्नेहरुलाई एउटा सानो प्रश्न !
के नेपाललाई विकास चाहिँदैन ? पक्कै चाहिन्छ, हैन ? नेपाल बनेको, विकसित भएको सबै नेपालीहरुको अटूट सपना नै हो। त्यसो भए, विकासका लागि नेपाललाई किन ठेक्का न दिएको त ? नेपालको दुइटै छेऊमा तीव्र गतिमा विकास गरिरहेका र गरेका देशहरु छन्, चीन र भारत । तिनीहरुलाई नेपालको विकास गर्न ठेक्का दिए त भइ हाल्यो नि ! १०–१५ वर्ष मैं चीन र भारत वा अन्य विकसित देशले अपत्यारिलो तरिकाले नेपालको विकास गरिदिन सक्छन् (भ्रष्टाचारबाट हुने गरेको चूहावटको केही आंशिक भाग मात्र विकास गरे वापत लाभ लिएर) । त्यसो भए नेपाललाई ठेक्का किन न दिएको त ? किन नेपाललाई अझै गरीबी र अविकास तिर धकेल्दै लगेको त ?
बुझ्नु भो ? हो, त्यसैगरी मधेश र मधेशी जनताको सार्वभौमसत्ता र स्वतन्त्रता हामीलाई प्यारो छ, र केवल आर्थिक विकासका लागि हामी आफ्नो मधेश कसैलाई भाडामा दिन सक्दैनौं, मधेशमा कसैको औपनिवेशिक शासन हामीलाई स्वीकार्य हुँदैन् ।
मधेशमा नेपालीको औपनिवेश शासन अन्त भएपछि त मधेश स्वतः आर्थिक विकासको फड्को मार्ने नै छ, मधेश विकसित एवम् समृद्ध राष्ट्र बन्ने नै छ ।
No comments:
Post a Comment