• Breaking News

    6.17.2016

    आँधीका कारण दक्षिणी चीनमा चौध जनाको मृत्यु, सात बेपत्ता


    बेइजिङ, ३ असार । चीनको दक्षिणी क्षेत्रमा ठूलो वर्षापछि आएको बाढीका कारण गत तीन दिनको अन्तरालमा १४ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएको राष्ट्रिय बाढी नियन्त्रण तथा खडेरी व्यवस्थापन कार्यालयले शुक्रबार जनाएको छ ।
    तीन दिनदेखिको अविरल वर्षाका कारण दक्षिणी चीनका धेरै भूभाग डुबानमा परेका र नदीमा पानीको सतह उच्चतम् विन्दुमा पुगेपछि करिब एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।
    पछिल्लो आँधीका कारण चार अर्ब आठ करोड ९० लाख अमेरिकी डलर बराबरको क्षति पुगेको चीनले जनाएको छ ।
    सन् २०१६ को सुरुदेखि अहिलेसम्म खराब मौसमका कारण उत्तरी चीनमा ९८ जनाको मृत्यु भएको र २७ जना बेपत्ता भएका छन् ।
    यस वर्षमात्रै बाढीका कारण ३४ हजार घर भत्किँदा करिब २० अर्ब युयानको क्षति भएको चीनको अनुमान छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र