• Breaking News

    6.18.2016

    रेडबुलमा फोहोर तथा अखाद्य वस्तु फेला




    धरान, ४ असार : २ सय एमएलको रेडबुलमा फोहोर तथा अखाद्य वस्तु भेटिएको छ ।
    धरान १५ पिण्डेश्वर चौकको सावित्री खाजा घरमा सोही स्थानका पदम खेवाङ्गले रेडबुल किनेर पिउने क्रममा बदमको दाना जस्तो देखिने वस्तु र कालो फोहोर भेटिएको हो । गोरखा बुब्रअरी प्रा.लि. नेपालद्वारा उत्पादित  रेडबुलमा यसभन्दा अगाडि कहिल्यै यस्तो नभेटिएको र आज भने ग्राहक खेवाङ्गले रेडबुल खोलेर गिलासमा पिउने क्रममा त्यस्तो बस्तु भेटाएको खाजाघर सञ्चालक सावित्री राईले बताउनुभयो ।
    अत्यन्तै गर्मी भएर त्यही ठाउमा बसेर तीनवटा रेडबुल किनेर खाएपनि एउटामा त्यस्तो बस्तु भेटिएको रेडबुल प्रयोगकर्ता खेवाङ्गको भनाई छ । उद्योगको लापारबाही  र अनुगमनकर्ताले यस्ता कुरामा ध्यान नदिएको खाजा घर सञ्चालक राई र प्रयोग गर्ने खेवाङ्गले बताएका छन् । बेलाबेलामा आएको अनुगमन खाली नाममात्रको अनुगमन हुने गरेको यस्ता कुरामा कहिल्यै ध्यान नदिएको उनीहरुको भनाई छ । केही समय अगाडि धरान १० रागा चौकमा टिका गुरुङ्गको पसलमा समेत एक ग्राहकले ड्यु पिउने क्रममा लेदो भेटिएको थियो ।
    लेदोको विषयमा इलाका प्रहरी कार्यालय धरानले सबै जानकारी लिएर गएपनि कारबाही भने हालसम्म भएको छैन ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र