काठमाडौँ, ३२ जेठ । एक भारतीय नेताले नेपाली र भारतीय प्रधानमन्त्रीका कारण दुई देशको सम्बन्ध दुर्घटनामा पर्नसक्ने बताएका छन्। नेपाल मामिलामा जानकार मानिने बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदौरियाले दुई देशका प्रधानमन्त्रीको प्रयोगका कारण सम्बन्ध दुर्घटनामा टुंगिन्छ वा गन्तव्य भेट्छ भन्ने स्पष्ट नभएको बताए। ‘दुवै देशका प्रधानमन्त्रीले सम्बन्धको बारेमा नयाँ–नयाँ प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘त्यसले दुवै देशको सम्बन्ध दुर्घटना हुन्छ वा गन्तव्य भेट्टाउँछ, अहिले नै भन्न सकिँदैन।’
नेपालमाथि भारतले गरेको नाकाबन्दीको सुरुदेखि विरोध गर्दै आएका भदौरियाले भारतको ठूल्दाइवाला अवधारणा उचित नहुने बताए। नेपालले गर्ने कुनै पनि निर्णयले आफ्नो सुरक्षामा आँच आउने भए मात्रै दिल्लीको चासो हुनुपर्ने उनले बताए।
‘खुला सीमाको कारण सुरक्षाको विषयका भारतीय चासो हुन सक्ला तर नेपालले त्यस्तो कुनै कदम उठाउँछ भन्ने लाग्दैन,’ उनले भने।
नाकाबन्दीका कारण नेपालले भारतसँग रहेको निर्भरतालाई कम गर्न खोज्नु अस्वाभाविक नभएको बताए। ‘नाकाबन्दीको कारण भारतसँग निर्भरता कम गर्दै चीनसँग सम्बन्ध बनाउन खोजेको हुनसक्छ,’ उनले भने, ‘नेपाल सार्वभौम देश हो। एकतिर मात्रै निर्भर रहन्न भनेर निर्णय गर्न सक्छ।’नागरिक दैनिकमा खबर छ ।
नेपालको संविधान दक्षिण एसियाकै सबैभन्दा समावेशी भएको बताउँदै उनले मधेसीले बढी सहभागिताबारेमा कुरा उठाउनु जायज भएको बताए।
No comments:
Post a Comment