• Breaking News

    6.23.2016

    ‘गुण्डा नाइके’ जसवन्तलाई प्रहरीले विजुलीबजारमा गोली हान्यो


    काठमाडौं, ९ असार । ‘गुण्डा नाइके’ जसवन्त राई भन्ने पूर्ण गुरुङलाई प्रहरीले बिहीबार दिउँसो राजधानीको विजुलीबजारमा गोली हानेर पक्राउ गरेको छ ।
    महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा आक्रमण गरेपछि प्रहरीले जवाफी कारवाहीमा २ राउन्ड गोली चलाएको हो ।
    उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । प्रहरीको गोली लागी घाइते जसवन्तको वीर अस्पतालमा उपचार भइरहेको छ ।
    महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न जसवन्तविरुद्ध थुप्रै उजुरी परेपछि पक्राउ गरिएको बताए ।
    यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका २१ वर्षे जसवन्तले चार दिनअघि मात्रै हप्ता असुलीको रकम नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका थिए ।
    जसवन्त केही सार्वजनिक अपराधका मुद्दामा प्रहरीको फरार सूचीमा रहेको पनि खुल्न आएको छ ।
    प्रहरीले घटनास्थलबाट एउटा फलामे रड पनि बरामद गरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र