काठमाडौं जेठ ३१ | विभिन्न कारणले करिस्मा मानन्धरको चर्चा भइ नै रहन्छ । तर हिजोको नयाँ शक्तिको पार्टी घोषणामा भने उनको चर्चा फरक किसिमले भयो । कार्यक्रमको उद्घोषणको जिम्मा लिएर आएकी उनी राम्री देखिएकी थिइन् । तर उनको प्रस्तुतीले भने उनको सुन्दरता केहि फिक्का जस्तो देखियो । उनले पटक पटक गल्तिहरु गरिरहिन् ।
अतिथिको नाम नै गलत भन्दिएर तथा औपचारिक कार्यक्रममा उनको अनौपचारिक गतिबिधी गरेर असन्तुलित बनाइदिइरहिन् । राजनीतिमा नयाँ प्रवेश गरेकी उनको यो कमजोरी सायद सामान्य नै थियो । असामान्य त त्यो बेला भयो, जब उनले सकिनसकी अंग्रेजीमा कार्यक्रम चलाउँन थालिन् । उनले टुटेफुटेको अंग्रेजी बोलिरहदा बरु नेपालीमा कार्यक्रम चलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अझ जापानबाट आएको शुभकामना सन्देश वाचन गर्दा त उनको हालत खराब देखियो । उनले धेरै शब्द उच्चारण गर्नै सकिनन् र पटक पटक माफी मागिन् ।
उनको कमजोरीलाई सामाजिक सञ्जालमा खुबै उडाइयो । सुरुमा आफ्नो कमजोरी स्विकारेकी उनले आवश्यक तयारी गर्न नपाएकाले गल्ति भएको अन्तर्वार्ता दिएकी थिइन् । तर समय बित्दै जाँदा उनलाई के लागेछ कुन्नी, फेसबुकमा यस्तो स्टाटस पोस्ट गरिछन् – मान्छेले मेरो बारेमा के भनछन् भन्ने म वास्ता गर्दिनँ ।
No comments:
Post a Comment