• Breaking News

    6.26.2016

    कोपा अमेरिका फुटबलको उपाधि चिलीलाई, मेसी पेनाल्टी गोल गर्न चुक्दा अर्जेन्टिना पराजित

    क्यालिफोर्निया, १३ असार, कोपा अमेरिका फुटबलको उपाधि चिलीले जितेको छ । फाइनलमा अर्जेन्टिना फेरि पनि पेनाल्टी सुट आउटमै पराजित भएको छ । यसअघिको संस्करणमा पनि अर्जेन्टिना पेनाल्टी सुट आउटमै पराजित भएको थियो ।
    अमेरिकाको क्यालिफोर्नियामा भएको फाइनलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा  पनि गोल नभएपछि पेनाल्टी सुट आउटमा निर्णय भएको हो । पेनाल्टीमा अर्जेन्टिना ४–२ ले पराजित भयो । खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसी नै गोल गर्न चुकेका थिए । यो हारले अर्जेन्टिनाले २३ वर्षदेखि जित्न नसकेको मूख्य उपाधिबाट फेरि पनि चुकेको छ । यसअघि खेलको २९ मिनेटमा चिली र ४३ औं मिनेटमा अर्जेन्टिना १० जनामा समेटिएको थियो । खेलभरि नै तनावपूर्ण बनेको खेलमा रेफ्रीले केही विवादास्पद निर्णय सुनाएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र