• Breaking News

    6.11.2016

    पूर्व राष्ट्रपति यादवका छोरा र राष्ट्रपति भण्डारीकी कान्छी छोरीबीच विवाह हुँदै


    काठमाडौं, २९ जेठ । प्रथम राष्ट्रपति डा.यादव र दोस्रो राष्ट्रपति भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदै छ ।

    डा.यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । राष्ट्रपति भण्डारीकी कान्छी छोरी र डा.यादवकी भतिजीको छोराबीच विवाह हुन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन ।

    पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा. निशाकुसुमबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । किरण कांग्रेसकी सांसद हुन् ।

    अभिषेक यादव अहिले लन्डनमा अध्ययनरत छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार दुईबीच लामो समयदेखिको प्रेम सम्बन्ध गत वर्ष मात्रै परिवारले थाहा पाएको हो ।

    त्यसैकारण सकेसम्म यसै वर्ष विवाह गर्ने सोचमा परिवार रहेको यादवनिकट परिवारले जानकारी दिएको हो । अभिषेक यादव र निशाकुसुमबीच विवाह भएमा डा.यादव राष्ट्रपति भण्डारीको नाताले सम्धी पर्छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र