झापामा पछिल्लो समय रवर खेती फस्टाउँदै गएको छ । धान तथा अन्य वाली भन्दा रवर खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कसित भएका हुन् । औद्योगीक वालीका रुपमा चिनिएको रवर खेती सामुदायिक वनलेसमेत लगाउन शुरु गरेको जिल्ला कन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीले बताउनुभयो । झापामा अहिले २ सय ८० हेक्टर क्षेत्रफलमा रवर खेती हुने गरेको छ । रवर खेतीबाट झापामा आर्थिक २०७२÷०७३ मा रु एक करोड ४४ लाख रुपैयाँ आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
चालू आर्थिक वर्षमा एक हजार विगाह क्षेत्रफलमा रवरका विरुवा लगाइएकाले आम्दानी दोव्वर हुने साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ । खाली जमिनमा रवर खेती गर्न यहाँका कृषक बढी इच्छुक छन् जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले भन्नुभयो –‘ थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कषित भएका हुन् ।झापाको जामुनवारी सहित तीन वटा सामुदायिकवन वन र वुधवारे, शनिअर्जुन, धाइजन, पृथ्वीनगर, घेरावारी, राजगढ, खुदावारी, सुरुङ्गाका कृषकले व्यवसायिक रवर खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
झापाको सुरुङ्गामा लगाइएको ८ हेक्टर क्षेत्रफलको रवरले मात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी दिने गरेको सामदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । नेपाली वजारमा रवरको अत्याधिक माग रहेको र पूर्वी नेपालमा यसको खेती हुनेगरेपनि सरकारले रवर उत्पादक कृषकलाई प्राथमिकतामा नराखेको कृषकको गुनासो छ ।झापा, मोरङ र सुनसरीमा मात्रै १५ हजार हेक्टर क्षेत्रफलमा रवर उत्पादन हुने गरेको साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ । २०४८ सालबाट झापामा रवर खेती शुरु गरिएको हो ।
२०४१ सालमा गोरखामा गोरखकाली रवर उद्योग स्थापना भएसंगै झापामा रवर खेती हुन थालेको संघका वाली उपाध्यक्ष शान्तिराम चिमरियाले बताउनुभयो । उहाँका अनुसार झापामा मासिक १० टन रवर उत्पादन हुने गरेको र यसको वजार मूल्य प्रतिकेजी एकसय ८० रुपैयाँ रहेको छ ।नेपालमा वार्षिक १५ अर्व रुपैयाँ वरावरको रवर आवश्यक भएपनि नेपालमा उत्पादित रवरले ५ प्रतिशत मात्र हिस्सा ओगटेको छ रवर उत्पादक संघका अध्यक्ष पुष्पप्रसाद रेग्मीले भन्नुभयो ।
रवरको बिरुवा लगाएको सातबर्ष पछिबाट उत्पादन (चोप) दिने गर्छ । यसवाट २५ वर्षसम्म निरन्तर आम्दानी लिन सकिने कृषकले बताएका छन् ।दक्षिण अमेरिकाको ब्राजिलबाट शुरु भएको मानिने रवर खेती २१ देखि ३५ डिग्री सेन्टिगे्रडसम्मको तापक्रममा राम्ररी फष्टाउने गरेको छ । रबरबाट टायर, बेलन, कण्डम, इलेजर लगायत ५० हजार किसिमका सामाग्री निर्माण गर्न काम लाग्ने गरेको प्राबिधिक रुद्रप्रसाद पौडेले बताएका छन् ।
रबर सबैभन्दा बढी अक्सिजन फँयाक्ने र कार्वन सञ्चित गर्ने ५औंं वनस्पति हो ।रबरको उत्पादन हुन छाडेपछि त्यसको काठबाट गुणस्तर काठ, दाउरा, जैविक तेल निकाल्न सकिने बिज्ञहरु बताउँछन् । अक्सिजनको भण्डारकोरुपमा रहेको रबरलाई स–साना टुक्रा जमिन वा करेसावारीमा पनि रोप्न सके आर्थिक स्तरमा वृद्धिका लागि सहयोगी हुने प्राबिधिक पौडेलले बताएका छन् ।
No comments:
Post a Comment