बुधबार, १९ जेठ
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपाली कांग्रेस सरकार परिवतर्नको खेलमा नलाग्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपाली कांग्रेस केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको खेलमा छैन । मुलुकमा अस्थिरता धेरै भयो । बारम्बार सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतामा जान्छ । त्यसैले अहिले हामी यो खेलमा लाग्दैनौ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा डा. महतले यो सरकार बदलिए सत्तारुढ गठबन्धन विचको आन्तरिक विरोधाभाषले नै बदलिने दावी गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेल्ने गरी सरकार परिवर्तनको खेलमा आफूहरु नभएको बताए । यद्यपि उनले राष्ट्रिय सहमतिको सरकार गठन भए ठिकै भएपनि त्यो मात्रै एउटा विकल्प भने नभएको दावी गरे ।
बर्तमान सरकारले ल्याएको बजेटले मुलुकमा आर्थिक अनुशासन हिनता र वित्तिय अराजकता सृजना गर्ने दावी गर्दै उनले राष्ट्रको ढुकुटीमा पैसा हुँदा हुँदै विदेशी ऋण लिने कुराले मुल्य बृद्धि र मुद्रा स्फिती गराउने ठोकुवा गरे ।
डा. महतले भने,‘ यो बजेट सिमित राजनीतिक स्वार्थले ल्याएको हो । बजेट एक वर्षको भएपनि पाँच दश वर्षको योजना जस्तो कार्यक्रम राखेर ईच्छपत्र जस्तो मात्रै बनाईएको छ ।’
उनले आफूले विगतमा अलोकप्रिय हुँदा हुँदै गरेको भ्याट लागु गर्ने, आयकर, पुजिगत लाभ कर, बैंकिङ क्षेत्रमा निजी क्षेत्रको प्रवेश गराउने र दुर सञ्चार क्षेत्रमा निजी लगानी खोल्ने निर्णयका कारण आन्तरिक राजस्वमा बृद्धि भएको भन्दै कसैलाई खुसी पार्न बाड्ने कुरा ठूलो नभएको तर्क गरे ।
डा. महतले भने,‘ मेरो पुत्ला जलाउँदा जलाउँदै ल्याएको भ्याट र आयकरले आन्तरिक राजस्वमा आधा योगदान गर्छ । बैंकिङ क्षेत्रबाट ५० अर्ब बढी राजस्व आउँछ । दुरसञ्चार क्षेत्रबाट पनि ठूलो राजस्व आउँछ । देशलाई फाईदा गर्न अप्रिय निर्णय लिनु पर्छ । त्यसले राष्ट्रलाई अघि बढाउँछ । कसैलाई खुसी पार्न बाड्ने कुरा ठूलो कुरा होईन ।’
उनले कुनै पनि बजेटको मुल्याङकन वितरण भन्दा पनि जनतालाई काम गर्न कत्तिको उत्साहित बनाउँछ, उद्यमशिलताको विकास गर्छ िकगर्दैन, आर्थिक बृद्धिको अवसर सृजना गर्छ कि गर्दैन र राष्ट्रिय अर्थतन्त्रमा कसरी योगदान गर्छ भन्ने विषयले गर्ने दावी गर्दै बढी वितरण गरेकै भरमा बजेटको मुल्याङक हुन नसक्ने बताए ।
डा. महतले सामाजिक सुरक्षा भत्ता र स्थानीय निकायले दिने रकम बृद्धि गर्ने विषयमा आफूहरुको कुनै आपत्ति नभए पनि विगतमा ति रकम दुरुपयोग हुने गरेको अध्ययनहरु आएकोले सरकारले आफ्नो संयन्त्रलाई दुरुपयोग हुन नदिने गरी दह्रो बनाउने कुरा मात्रै आफूृहरुले गरेको स्पष्ट पारे ।
उनले भने,‘ सरकारी संरचनाको कार्य गर्ने क्षमता कमजोर छ । पहिला कार्यान्वयन क्षमता बलियो बनाउँनु पर्छ । सरकारको पनि त्यस्तो क्षमता देखिएन, कुरामात्रै ठूलो ठूलो गर्ने प्रबृत्ति छ । ६ वट उपप्रधानमन्त्री र जम्बो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री केपी शर्मा अोलीले पहिला नै राजनीतिक विश्रृंखलता देखाईउसक्नु भएको छ, अब आर्थिक विश्रृंखलता ल्याउँदै हनु हुन्छ । ’
डा. महतले सबै दलले समर्थन गरेको भुकम्प पछिको पुनःनिर्माणमा केही गर्न नसकेको अवस्थामा ठूलो ठुलो कुरा गर्छु भन्नुको अर्थ नभएको भन्दै भुकम्प पीडितलाई भुकम्म प्रतिरोधी घर आफै बनाए पनि रकम दिन्छु भनेको भए अहिले लाखौ घर बनिसक्ने अवस्था रहेको दावी गरे ।
उनले सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षामा आएका कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको भन्दै सबै जनताको स्वास्थ्य विमा, एक गाँउ एक डाक्टर, एमडी निशुल्क अध्ययन गर्न पाउने जस्ता कुराहरु पुरानै कार्यक्रम भएको दावी गरे ।
डा. महतले बजेटमा आएका पूर्वाधारमा लगानी गर्ने कुरा र विगतका कार्यक्रमको निरन्तरता ठिकै भएको भन्दै पार्टीका केही सभासदहरुले नबुझेका कारण आफ्नो आलोचना गरेको बताए । उनले भने,‘ केही साथीहरुलाई हामीले ल्याएको कार्यक्रम पनि अहिले आए जस्तो लागेर भ्रम भएको रहेछ त्यो भ्रमलाई मैले चिरेको छु, अब काग्रेसभित्र कुनै भ्रम छैन ।’
बजेटका विषय संसदमा प्रस्तुत गर्नु अघि नै सार्वजनिक भएको विषयलाई स्पष्ट पार्दै उनले अहिले जस्तो विभिन्न शिर्षक उपशिर्षकहरुको रकम हजार सम्म लिन्ने गरी कहिल्यै पनि बाहिर नआएको दावी गरे ।
डा. महतले भने,‘ आजको लिक भएको जस्तो हिजोको होईन । हिजोका दिनमा नीतिका कुराहरु र मोटामोटी रकम आउथ्यो । अहिले शिर्षक र उपशिर्षकका बजेट लाख हजार सम्म मिल्ने गरी आएको छ । यसलार्य हामीले गंभिरतापूर्वक लिएका छौ । घर घरको ईन्सुरेन्स गर्ने कुराले नेप्से सुचकांकलाई बढायो । यो गंभिर कुरा हो । यसलाई अरु चुहावटसँग तुलना गर्न मिल्दैन ।’
उनले भुकम्प गएको ६० दिनभित्र अन्तर्राष्ट्रिय सम्मेलन गरेर ४ खर्व भन्दा बढीको स्रोत संकलन गरे तत्कालि सरकारले देखाएको क्षमतालाई दुनियाँले मानेको दावी गर्दै भने,‘ नेपालमा हुँदैन दिल्ली, टोकियो, अमेरिकामा गरौ भनेका थिए । तर तत्कालिन सरकारले यहाँको अवस्था पनि देखाउनु पर्छ भनेर यही सम्मेलन गर्यो यो ठूलो उपलब्धि हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले के भन्छन म त्यसको पछि लाग्दिन ।’
उनले अब आफूमा फेरि पनि अर्थमन्त्री बन्ने कुनै सपना नभएको स्पष्ट पार्दै अब आफ्नो नेतृत्व गर्ने पालो भएको बताए । उनले भने,‘ मेरो क्षमता अनुसारको जिम्मेवारी पार्टीले मलाई दिनु पर्छ ।’
nepalsandesh.com
No comments:
Post a Comment