जेठ २५ गते घरदेखि केही पर स्थानीय रामा परियारको घरमा आमा समूहको बैठक बसीरहेको बेला मन्दिरा गुरुङ्गले जातिय आधार देखाउदै कुटपिट गरेका हुन् ।
कुटपिटपछि शर्मिलाको पाखुरा, घाँटी शरिरमा चोट लागेको छ । मन्दिराको दुई दिदीबहिनीको कुटाइपछि सर्मिलाको मेरुदण्ड फुस्किएको छ भने भाटाले हान्दा निलडामै निलडामले शरिर भरिएको छ ।
गुरुङको परिवारबाट कुटाइ खादा शर्मिला बेहोस भएकी थिइन । वेहोस अवस्थामा रहेकी शर्मिलालाई परिवारले तत्कालै विराटनगरको विराट नर्सिङ्ग होममा उपचारका लागि लागेका थिए । शर्मिलाको अनुसार उनको मेरुदण्ड फुस्कीएको छ ।
बैठकस्थलमै कुटाइ खाँदाखाँदै स्थानीय सुनिता परियारको घरमा गएर लुकेकी बिकलाई पछ्याउँदै दिदीबहिनीले फेरी मरणासन्न हुनेगरी कुटपिट गरेको पीडितले बताइ ।
‘हाम्रो बैठक चल्दै थियो । बैठकमा नियम भन्दै गर्दा तँ कमिनी ठूली हुन्छेस् , कमिनी भएर धेरै जान्ने हुने भन्दै नानाभाती गाली बेइज्जती गरे’, मैले ‘के गरेको यो भन्दा कुटपिट गरे’, उनले भनिन् । ‘खास बैठकमा जम्मा भएको पैसा एक पटक लगेको महिलाहरुलाई फेरी दिने नियम छैन ।’
‘मैले पहिला लगेको पैसा फिर्ता नदिएसम्म फेरी पैसा दिन नमिल्ने अध्यक्षको नाताले भनेकी मात्रै थिए । तर मन्दिराले ‘कमिनी, दलित भएर आफ्नो ठाउँमा बस्नु पदैन्, भन्दै सबैको बीचमा गाली बेइज्जती गरिन् ।’
’१ बजे मन्दिराले शर्मिलालाई कुटपिट गरेपछि आफ्नो बहिनीलाई फोन गरी बोलाएर फेरी दुई जना मिलेर आफुलाई कुटपिट गरेको शर्मिलाले बताइन् ।
‘निकै सुनिश्चित ढंगबाट मलाई कुटिएको छ, मेरो केही गल्ती छैन’, उनले भनिन् । २६ गते मोरङ्ग बेलबारी प्रहरी कार्यालय र गाछामै आफुले उजुरी दर्ता गरे पनि घटनाको विषयमा प्रहरी बेखरजस्तै बनेको पीडित बिकले बताइन् ।
‘मलाई जातिय आधारमा कमिनी भन्दै मरणासन्न हुने गरी कुटपिट भयो, प्रहरीबाट तत्कालै कारबाही हुनुपर्नेमा केही भएको छैन’, उनले भनिन्, ‘उल्टो उनीहरुले उजुरी दर्ता गराएका छन् ।’
घटनाको विषयमा उजुरी दर्ता भएर अनुसन्धान भइरहेको मोरङ्ग बेलबारी प्रहरी कार्यालय डिएसपी मेघराज थापाले बताए ।
दुई तर्फको उजुरी आएको छ, कुटपिट पनि भएछ, हामीले उजुरीकै आधारमा दोषी माथि कारबाही गछौं’, उनले भने, ‘कारबाहीबाट कोही उम्किन पाउँदैन ।’
(दलित अनलाइनबाट)
No comments:
Post a Comment