• Breaking News

    6.06.2016

    ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ’- परमानन्द झा

    जेठ २५ । ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनेै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।
    गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६/१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पुर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे ।
    सरकारी सुविधा भन्दै सरकारले चालकसहित को एउटा गाडी दियो । तर, चालकको पारिश्रमिक आएन । इन्धन छैन । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाको मापदण्डअनुसार ११ जना सेना खटिए । तिनको बसोबासको व्यवस्थासमेत उनैले आफनै घरमा मिलाउनु पर्यो ।
    पूर्वराष्ट्रपतिलाई भने सरकारले घर, सुरक्षाकर्मी, चालक, सहयोगी सबै उपलब्ध गराएको छ । उनलाई भने कानुन बनेको छैन भन्दै टार्ने गरेको झाको आरोप छ ।
    पूर्वउपराष्ट्रपतिको हैसियतमा कुनै आर्थिक सुविधा छैन । सरकारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै जिम्मेवारीमा आयो । समस्या सुनाउन प्रधानमन्त्रीसँग डेढ महिनादेखि भेट्न खोज्दा कुनै प्रतिक्रिया आएन । कान्तिपुर दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र