• Breaking News

    6.01.2016

    के हाे बोधिचित्त ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?



    बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ ।बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिनको लागि गमलामा पनि रोप्न सकिन्छ |
    बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ |यस्को माला दलाई लामाले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ !

    बजार मुल्य:

    बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ६ लाखसम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखी ३० हजर सम्ममा बेचिन्छ |

    खेती प्रविधी:

    बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (समुन्द्र सतहबाट ४०० मि. देखी २४०० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ ।बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ-फाल्गुन अनुकुल रहेको छ | तर पनि उचित हेरचाह गरेमा हिउद मा पनि यसलाई रोप्न सकिन्छ | यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५/६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।यसको वोटमा रोपेको ३/४ वर्ष देखी दाना फल्न शुरु हुन्छ ।
    रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।
    बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
    तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।

    लगाउने विधि :
    -ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
    -हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
    -स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने

    बोधिचित्त बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
    याग्रो मार्ट प्रा. लि.
    काठमाडौं :
    चप्पल कारखाना चोक , महाराजगन्ज
    ०१-४४१८९२१ ,९८४५४२१९०६ , ९८०८५११९८१,९८६०३०९१५७,९८४१०१२८७८ 
    (01-4418921,9845421906,9808511981,9860309157,9841012878)
    काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी

    याग्रो मार्ट प्रा. लि.,पोखरा
    बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
    न्यू रोड , पोखरा
    फोन : ९७७-६१-५३८६२६,९८५६०२६९४२,९८०२८२६९४२ 
    (977-61-538626,9856026942,9802826942 )

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र