• Breaking News

    6.19.2016

    एनसेलले अरबौ रकम दिएपछि विप्लव माओवादी चुप

    काठमाडौ । आफुले तिर्नुपर्ने कर नतिरेको भन्दै एनसेलका टावर ध्वस्त बनाउँदै हिँडेको विप्लव माओवादी यतिबेला केही शान्त देखिएको छ । बिचका केहीदिन आतंककारी शैलीमा एनसेल टावर ध्वस्त बनाउँदै हिँडेको विप्लव कुनै माग पुरा नभइ एक्कासी किन चुप लाग्यो होला ? धेरैलाई रहस्यको विषय लाग्न सक्छ । हामीले यहाँ टावर ध्वस्त पार्ने कुरालाई प्रोत्साहन कदापी गर्न खोजेका होइनौ, तर एकाएक टावर आक्रमणमा उत्रनु र दर्जन टावर ध्वस्त पारेपछि चुप लागेर बस्नु पछाडिको खेल भने निकै रहस्यमयी देखिएको छ


     केहीदिन अघि विप्लव माओवादीबाट पार्टी परित्याग गरि माओवादी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका एक कार्यकर्ताका अनुसार विप्लव र एनसेल बिचको वार्गेनिङ मिलेपछि टावर आक्रमण रोकिएको हो । युद्ध लड्ने भन्दै अर्धभुमिगत शैलीमा रहेका विप्लव र उनका कार्यकर्याले जनयुद्ध लड्न पनि आर्थिक स्रोत चाहिने र युद्ध नलडिहालेपनि पार्टी चलाउन आर्थिक स्रोत जोहो गर्ने विषयमा छलफल भएको थियो । बाहिर हेर्दा भ्रष्ट्राचारीहरूलाई कालोमोसो दल्ने, जनसत्ता जन्माएर आफै कारबाहीमा उत्रने भएपनि भित्रभित्र भने पाटीृका लागि आर्थिक स्रोत जुटाउने अभियान भएको ती कार्यकर्ताले बताए । उनी भन्छन् “ पार्टीमा आर्थिक मुद्धा पनि पेचीलो भएकाले जनताका मुृद्धा उठाउने र जनता ठग्ने कम्पनीलाई तर्साएर स्रोत जुटाउने विषयमा छलफल भएको थियो । त्यहि समयमा एनसेलले विक्री कर तिर्न नमानेको चर्चा बाहिर आइरहेका बेला विप्लव नेतृत्वको माओवादीले एनसेललाई ताकेको थियो ।

    यो समयमा एनसेललाई तर्साउन सकेमा करोड नभएर अर्बको झटारो आउने ठानेरै माओवादी एनसेल विरूद्ध उत्रिउको थियो । सुरूमा एनसेल केही करोड दिन राजि भएपनि माओवादी अर्ब भन्दा तल झर्ने छाँटकाँट देखाएन । बिचका चार–पाँचदिन करिब एक दर्जन टावर ध्वस्त पारेपछि एनसेलले नेपालभर आफ्नो सेवा नै अवरूद्ध हुने र कम्पनी नै धरासायी हुने डरले विप्लपको माग पुरा गरेको उनी दाबी गर्छन् । उनी भन्छन् “ यस्तै हो सर, पार्टी र कम्पनीको लडाई देखिनु भनेकै वार्गेनिङ हो, सुरूमा एनसेलले टेरेको थिएन, विप्लव ककाले पावर देखाइदिएपछि एनसेल तर्सिएर अर्बकै झटारो हानेहोला ”। उनी थप्छन् म पार्टी छोडेर यता आएँ, अहिले त्यति सूचना त छैन तर पहिले वार्गेनिङ भइरहेकाले मोटै रकममा सम्झौता भएको हुनुपर्छ ।
    जे होस्, कति रकम तिरेको भन्ने कुरा एनसेल र विप्लव दुबैले जानुन्, तर भर्खर नेपाल छिरेको मलेसियन कम्पनी एक्जिटा विप्लवसँग राम्रैसँग तर्सिएपछि एक्जिएटाले विप्लवको चित्त राम्रै बुझाएको धेरैको अनुमान छ ।
    विप्लव भूमिगत, कार्यकर्ता तितरबितर
    सुरक्षा निकायले निगरानी थालेपछि विप्लव आजभोली भुमिगत जस्तै छन् । अहिले नै आफूहरु भूमिगत हुने अवस्था नरहेको बरु आफूहरुमाथि दमन गरे प्रतिरोध गर्ने बताएका विप्लव आफ्ना कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेपछि भूमिगत शैलीमा हिड्न थालेका छन् ।
    भ्रष्टाचारीलाई जनकारबाही गर्ने घोषणा नै गरेका विप्लव माओवादीले सबैभन्दा ठूलो भ्रष्टाचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की भएको भन्दै कारबाहीको चेतावनी दिएको थियो ।
    राज्यलाई कर नतिर्ने थुप्रै संघ÷संस्थाहरु भए पनि अहिले एकाएक एनसेल टावरमाथि केन्द्रित गरेपछि दूरसञ्चार प्रदायक अन्य कम्पनीको मिलेमतो विप्लवले एनसेललाई निशाना बनाएको आरोप पनि लाग्ने गरेको छ ।देशका विभिन्न ठाउँका एनसेल टावरमा क्षति पुर्याएपछि गृहमन्त्री शक्ति बस्नेतले एनसेल आक्रमण गर्नेलाई नछाड्न प्रहरीलाई निर्देशन दिएपछि र कार्यकर्तालाई धमाधम सार्बजनिक मुद्धा चलाउन थालेपछि विप्लवका कार्यकर्ता पनि भूमिगत भएका छन् भने संगठित कार्यकर्ता अहिले तितर बितर छन् ।
    न्युज सेवामा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र