एजेन्सी – विश्वका केही विकसित तथा धनी देशका जुनसुकै उमेर समूहका मानिसको जीवनशैलीबाट धेरै प्रभावित हुन्छन् । त्यस्तै, लन्डनका युवाको विलासी जीवनशैलीका बारेमा एक रिपोर्ट लेखेको छ ।
वाइन(वियर)ले नुहाउनु, निजी जेट विमानमा उड्नु, सुनका कार चढ्नु, नोटको बन्डल्सलाई सँधै आफ्नो साथमा राख्नु, यसरी नै विलासी जीवन बिताउँछन्, लन्डनका धनाड्य युवा–युवतीहरु ।
लन्डनका युवा–युवतीका यस्तै तस्वीरहरु हालै २४ बर्षीय एक प्रोपर्टी ब्रोकर(सम्पती दलाली)ले ‘इन्स्टाग्राम’ र ‘स्नैपचट’मा सेयर गरे । उक्त युवकले तिनै धनाढ्य युवाको जीवनशैलीलाई देखाउन ‘रिच किड्स अफ लन्डन’को नामबाट एक अकाउन्ट बनाएका छन् । उक्त अकाउन्टमा ब्रोकरले लन्डनका युवा–युवतीका विन्दास तस्वीरहरु सेयर गर्छन् । सेयर गरिएका सबै तस्विरहरुमा युवाहरु मात्र देखिन्छन् । कसैसँग लाखौँ डलर भने कसैसँग ब्रान्डेड सुनका कार त कुुसैसँग आलिासन विमान छन् ।
प्रोपर्टी ब्रकरका अनुसार उनले यस अकाउन्ट अरुलाई प्रेरणा जगाउनका लागि सुरु गरेका हुन् । उनी भन्छन्, ‘म आफ्नो साथीहरुको राम्रा तस्वीरहरु सेयर गर्छु, जसलाई देखेर अन्य व्यक्तिहरु उत्प्ररित हुन् ताकि उनीहरु आफ्नो जीवनमा केही राम्रो गरुन् ।’
ब्रोकरले भने, ‘मलाई दिनहुजसो म्यासेज आइरहेका हुन्छन्, जसमा धेरैले यस पेजले उनीहरुलाई आफ्नो सपना पूरा गर्नका लागि उत्प्ररित गरेको बताउँछन् ।’ (रिपार्टमा प्रोपर्टी ब्रोकरको नाम उल्लेख गरिएको छैन ।)
No comments:
Post a Comment