शनिबार, २९ जेठ
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।
केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपछि उनी तनावमा परेका हुन् ।
पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मानोनीत गरेका हुन् । बुढाथाेकी र घिमिरे १३ अाैं महाधिवेशनमा संस्थापन पक्षबाट देउवा पक्षमा लागेका थिए । उनीहरूले नै समूह परिवर्तनकाे सुरूवात पनि गरेका थिए ।
यो मनोनयनसँगै पराजितहरुले झनै दबाब बढाएको देउवानिकट एक नेताले बताए । अब ११ सदस्यको मनोनयन गर्न बाँकी छ ।
देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् ।
त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयान गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परानै भइसकेको भन्दै मनोनयन गर्न सकिने सुझाव दिएका छन् । अाजकाे राजधानी दैनिकमा समाचार छ ।
No comments:
Post a Comment