• Breaking News

    6.02.2016

    काँग्रेसले प्रधानमन्त्री नपाए पनि राष्ट्रका हितमा एमालेबाटै प्रधानमन्त्री बन्नेः कांग्रेस नेता विश्वकर्मा

    भक्तपुर, २० जेठ

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद मिन बिश्वकर्माले काँग्रेसले प्रधानमन्त्री नपाए पनि राष्ट्रका हितमा एमालेबाटै पनि प्रधानमन्त्री बन्न सक्ने बताए ।

    रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले प्रचण्डले बिश्वासघात नगरेको भए बिगतमा नै राष्ट्रिय सरकारका निर्माण भइसक्ने भन्दै अबको राष्ट्रिय सरकारको निर्माणमा काँग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि अगाडि नसार्ने बताए । उनले राष्ट्रिय सरकारको नेतृत्व काँग्रेसले गर्ने बताए ।

    सस्तो लोकप्रियतमा आएको भन्दै बिश्वकर्माले बजेट अगावै जसरी बजेट बाहिर आयो यसले कालो बजारीहरुलाई लाभ मिलेको बताए ।
    उनले बजेट उत्ताउले र परनिर्भर रहेको भन्दै बजेट पछि आफूले सरकार छाड्ने र अरुलाई दोष लगाउन सहज हुने भएकाले समेत बजेटलाई कार्यान्वयन मुखिभन्दा पनि प्रचारमूखि रुपमा ल्याइएको बताए ।

    वर्तमान सरकारले बिभिन्न देशहरु कै सहयोगमा बजेट कायान्वयनको पक्षलाई अगाडि सारेता पनि बिदेशीहरुसँगको कुटनीति सम्बन्ध विस्तार गर्नुको साट्टो बिगार्दै लग्दा यसले नेपालका कुटनीतिक सम्बन्ध अन्य देशसँग असफल बन्दै गरेको उनले टिप्पणी गरे ।

    स्थानिय निकायको निर्वाचन सबैको आवश्यकता भएता पनि कानुनी झन्झट बाँकि रहेकाले तोकिएको मितिमा स्थानिय निकायको निर्वाचन असम्भव रहेको बताए । उनले स्थानिय निकायको निर्वाचनका अन्य निर्वाचन गराउन न्यूनतम सय भन्दा बढी बिधेयकमा उल्लेख भएका धारा परिवर्तन गर्नु पर्ने बताए ।

    नेपाली काँग्रेसका भातृ संगठनका निर्वाचनका लागि पार्टीले सम्पुर्ण तयारी गरिसकेको जानकारी दिँदै अव छिट्टै भातृ संगठनहरुको निर्वाचन गरिनुका केन्द्रिय समितिले समेत पूर्णता पाउने उनले बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र