एजेन्सी मुम्बई, जेठ २१
बलिउड अभिनेता सञ्जय दत्तले आफ्नै घरको भुईंतलालाई हरियो कपडाले बारेका छन्। बार्नुको कारण रहेछ, बाहिरबाट कसैले नदेखुन्।
किन त?
उनी जेलबाट छुटेपछि धेरैजसो समय परिवारसँगै बिताइरहेका छन्। उनी केही समयमै सुटिङमा फर्कंदैछन्। उक्त फिल्ममा उनी ‘कमान्डो स्टाइल’ मा देखिँदैछन् जसका लागि उनी हाल मार्सल आर्टको ट्रेनिङ लिइरहेका छन्। ट्रेनिङ उनको आफ्नै घरको भुईंतलामा चलिरहेको छ।
हालै एक फोटोग्राफरले हातमा बक्सिङ ग्ल्ब्ससहितका फोटो सार्वजनिक गरिदिएपछि उनी तर्सिएछन्। त्यसपछि उनले हरियो कपडाले बारेर बाहिरबाट केही पनि नदेखिने बनाइदिए। ताकि, कुनै फोटोग्राफर पछ्याउँदै घरसम्म नअाअाेस्।
No comments:
Post a Comment