• Breaking News

    6.11.2016

    अचानक प्रचण्ड थुनिएपछि

    शनिबार, २९ जेठ
    धनगढी।आज शनिवार धनगढीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लिफ्टमा थुनिएका छन् ।
    धनगढ़ीको चटकपुरमा नयाँ खुलेको पब्लिक मिडिया क्लवमा जाने क्रममा प्रचण्ड पाँचौ तल्लामा पुगेपछि लिफ्टमा ३ मिनेट थुनिएका हुन्।
    प्रचण्डलाई स्वागत गर्न भनि फूलमाला लिएर बसेका क्लवका सदस्यहरु अचम्ममा परे जति वेला प्रचण्ड लिफ्टमा थुनिएको खबर सुनियो।
    प्रचण्ड थुनिएको खबर सुन्ना साथ माओवादी कार्यकर्ताले लिफ्टको ढोका फोडेर प्रचण्डलाई निकालेको क्लवका अध्यक्षले बताएका छन्।
    केहि दिन देखि बिग्रिएको लिफ्ट प्रचण्ड आउने भने पछि शनिवार बनाईएको थियो।
    लिफ्टमा थुनिएका प्रचण्ड कार्यक्रम पछि भने पैदल नै पाँच तल्ला मुनि ओर्लिएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र