• Breaking News

    6.06.2016

    यौन सम्बन्ध राख्न नमानेपछि १९ महिलाको जिउँदै जलाएर हत्या

    काठमाडौँ । इराक र सिरियामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) ले १९ जना महिलालाई जिउँदै जलाएर हत्या गरेको छ ।

    इराकको मोसल सहरमा आईएस लडाकुहरुले सयौं सर्वसाधारणका अगाडि ती महिलालाई जिउँदै जलाएको स्थानीय अधिकारकर्मीहरुले जनाएका छन् ।

    आइएस लडाकुसँग यौन सम्बन्ध राख्न नमानेको आरोपमा उनीहरुलाई फलामको पिंजडामा थुनी जलाएर हत्या गरेको हो । स्थानीय सञ्चारकर्मी अब्दुल्ला अल मल्लले लडाकुहरुसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनीहरुको हत्या गरेको जनाएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र