काठमाडौं । नयाँ शक्तिको आकर्षकका रुपमा रहेकी करिष्मा मानन्धरको जिम्मेवारीका विषयमा नेता कार्यकर्ताले आलोचना गरेका छन् । नयाँ शक्तिको पार्टीका घोषणा जस्तो कार्यक्रमको जिम्मेवारी कुनै अनुभव नभएकी करिष्मालाई दिएको भन्दै नेता कार्यकर्ताले नेतृत्वको् आलोचना गरेका छन् ।
समुहगत छलफलमा घोषणासभाको समिक्षाका क्रममा सबैजसो कार्यकर्ताले करिष्माले कार्यक्रम चलाएका कारण धेरै दर्शक समेत घटेको बताएका छन् । ‘अनुहार राम्रो मात्रै भएर भएन चलाउने शैली, पाहुना र आम समुदायलाई आर्कषक गर्ने कला नहुँदा पुरै कार्यक्रको शोभा नै घट्यो ’ भन्दै बन्दसत्रमा धेरैले आलोचना गरेको बन्द सत्रमा सहभागी एक नेताले बताए ।
नयाँ शक्तिको आईतवार भएको कार्यक्रमको सुरुवात पासाङले गरे भने बाबुरामले पार्टी घोषणा गरेपछिको सत्रमा करिष्माले अत्तालिएर कार्यक्रम सञ्चालन गरिन् । कार्यक्रम अवधिभर करिष्मा र पासाङले पालैपालो उद्घोषण गरे । नसुहाउँदो शैलीमा कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक संजालहरुमा समेत करिष्माको चर्को विरोध भएको थियो ।
करिष्माले कांग्रेस नेता प्रदीप गिरीलाई मन्तव्यका लागि बोलाउँदा प्रदीप भट्टराई भनिन् । कुटनीतिक व्यक्तित्वलाई मन्तव्यका निम्ति आग्रह गर्दा समेत करिष्माले उच्च सम्मान व्यक्त गर्न नसकेको टिप्पणी सामाजिक सञ्जालमा भएको छ ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइले भने करिष्माको बचाऊ गरेका छन् । महिला र जनजातीलाई सयुक्त रुपमा चलाउने गरि योजना बनाइएको भन्दै भट्टराइल्े कार्यक्रम सञ्चालन राम्रो भएको बताए । ‘सोचेजस्तो नभएको हुनसक्छ अभ्यास र निरन्तरताले मान्छे खारिदै जान्छ’ भट्टराईको भनाई उदृत गर्दै एक नेताले भने, ‘सामान्य विषयलाई आलोचना गर्ने विषयका रुपमा अगाडी लैजानु हुन्न । ’
nepalsandesh.com
No comments:
Post a Comment