• Breaking News

    6.09.2016

    नेपालले भारतसँग मात्रै हतियार नकिन्ने स्पष्ट जनाउ दियो

    काठमाण्डु, २८ जेठ– भारतले नेपाली सेनालाई गर्दै आएको सहयोगमा परिमार्जन गर्न नेपाल सरकारले भारत सरकाससँग प्रस्ताव गरेको छ । नेपाल सरकारले भारतले दिँदै आएको मूल्य छूटमा थप रकम तिरेर भारतीय हतियार खरिद गर्ने तभई यो वर्षदेखि एकमुष्ट सहायता रकम दिन लिखित प्रस्तवा पेस गरेको हो ।
    हरके वर्ष भारतले मूल्य छू्ट नाममा ६० प्रतिशत अनुदान दिने र ४० प्रतिशत रकम नेपाल सरकारले नै तिरेर भारतीय हतियार किन्ने गरिएको थियो । यो प्रस्तावमार्फ भारत सरकारसँग मात्र हतियार नकिन्ने जनाउ नेपालले दिएको छ । भारतबाहेक चीन, अमेरिकालगायत सैन्य सहयोग दिने अन्य मुलुकहरुले भने सहायता रकम नै घोषणा गरेका छन् । अन्नपूर्ण पोस्टबाट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र