काठमाण्डु, ३० जेठ– पार्टी घोषणाको दिन आज आइतबार बिहानै सबैजसो दैनिक पत्रिकामा नयाँ शक्तिको विज्ञापन छ ।
विज्ञापन छापिएका पत्रिकाहरुको फोटोसहित संयोजक बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘पत्रिका आफै बोल्छन् ।’
भट्टराईको फोटो र क्याप्सनपछि धेरैले प्रतिक्रिया दिए, ‘यो फोटो बोलेको होइन, भारु बोलेको हो ।’
फोटो क्याप्सनमा केहीले बाबुराम भट्टराईको भिजनको प्रसंशा गरेका छन् । नयाँ शक्तिले नेपालको राजनीतिको कोर्स परिवर्तन गरिदिने विश्वास पनि व्यक्त गरिएको छ ।
No comments:
Post a Comment