• Breaking News

    6.26.2016

    नेपालमाथि हस्तक्षेप गर्न मोदीलाई आह्वान

    १२ असार, काठमाडौं ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हस्तक्षेप गर्न आह्वान गरिएको छ । भारतको एक हिन्दु संगठनले मोदीलाई नेपालमाथि हस्तक्षेप गरेर हिन्दुराष्ट्र पुनर्थापित गर्न आह्वान गरेको हो ।

    भारतीय हिन्दू जनजाग्रृति समितिले मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दुराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।
    एक दिन अघि भारतको गोवामा सम्पन्न सम्मेलनबाट समितिले मोदीसमक्ष राखेको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।
    नेपालमा चीनले अनावश्यक फाइदा लिन खोजेको निष्कर्ष निकाल्दै उक्त समितिले चीनको काउन्टरका लागि पनि कदम चाल्न आह्वान गरिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र