आषाढ २,
६८ बर्षिय दुर्गा कामी यति बेला चर्चाको शिखरमा छन् । हजुरबुबा बनि सकेका उनी पुन: स्कुले बालबालिकासंग बिद्यालय जान थाले पछि उनको चर्चा चुलिएको हो । उनका ६ छोरा र ८ नाती छन् । पढ्ने समयमा गरिबीका कारणले पढ्न नसके पछि उनी अहिले आफ्नो लक्ष्य पुरा गर्न पुन: बिद्यालय फर्किएका हुन् । उनको लक्ष्य शिक्षक बन्ने रहेको छ ।
उनी लट्ठी टेक्दै १ घण्टाको बाटो हिडेर बिद्यालय पुग्छन् । अहिले १० कक्षा पढ्दै गरेका उनका सहपाठीहरु भने १४ -१५ बर्षका छन् । उनका शिक्षक भन्छन् ‘आफ्नो बुबाको उमेर समानको विद्यार्थीलाई पढाएको यो नै पहिलो अनुभव हो’ । अन्य विद्यार्थीहरु दुर्गालाई ‘बा’ भनेर बोलाउछन् ।
दुर्गा आफ्नो पत्नीको मृत्युको पीडा भुल्न र अकेलापनबाट छुटकारा पाउन बिद्यालय जाने निर्णय गरेको बताउछन् । धेरै उमेर भएपनि उनी बिद्यालयमा साबि अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छन् ।
उनी जीवनको अन्तिम समयसम्म नै पढ्न चाहन्छन । यसबाट उमेरका कारण बिद्यालय जान असहज मान्नेहरुको आत्मविश्वास बढ्ने उनको भनाई छ ।
हेर्नुस फोटो फिचर ।
bizpati.com बाट
No comments:
Post a Comment