आइतबार, ३० जेष्ठ,
जयपुरः राजस्थानको कयौं विजनेशम्यान यस्ता छन् जो विदेशमा गएर आफ्नो कारोबारको साम्राज्य खडा गरेका छन् । ती चाहे लक्ष्मी मित्तल हुन् वा घनश्याम दास विडला । सबैले आफ्नो फरक पहिचान बनाएका छन् । यस्तो लिष्ट अब एक अर्को नाम पनि थपिएको छ । यो नाम हो नेपालका पहिलो अर्बपति विनोद चौधरीको । उनी यसै वर्ष जारी फोब्र्सको विश्व विलिनियरको लिष्टमा परेका छन् । कस्ता छन् नेपालका सबैभन्दा धनी ब्यापारी:
नेपालमा बस्दैं आएका विनोद चौधरी मूलतः राजस्थान फत्तेपुरका हुन । उनका हजुरवुवा वर्षौ पहिले राजस्थानको आफ्नो गाउँ छाडेर नेपालमा गएका थिए ।
नेपालमा गएर उनले सानो कपडाको पसल खोले । जसलाई विनोदका बुवा लुनकरण दासले अरुण एम्पोरियम नामको डिपार्टमेण्ट स्टोरमा बदले ।
यसलाई नेपालको पहिलो डिपार्टमेण्ट स्टोर पनि भनिन्छ । पिता विरामी भएपछि १८ वर्षकै उमेरमा विनोद ब्यापारमा जोडिए । जसका लागि उनले आफ्नो पढाइ पनि बीचमै छाडिदिए ।
अहिले विश्वभर १०० बढी होटल
तीन भाइमा सबैभन्दा जेठा विनोदले ब्यापारको कमाण्ड सम्हाल्दैं चौधरी ग्रुप स्थापना गरे । यसका साथै उनल १९७९ मा एक नाइट क्बल पनि सुरु गरे । नाइट क्बल स्थापनापछि उनलाई रक्सी इम्पोर्ट गर्नका लागि लाइन्सेन्स मिल्यो ।
त्यसपछि कागज बेच्ने काम सुरु गरे । उनको ग्रुप आज इन्स्योरेन्स, फुड, रियल स्टेट, रिटेल एण्ड इलेक्ट्रोनिक्सका क्षेत्रमा काम गर्छ ।
उनको ग्रुपको सबैभन्दा ठूलो सफलता भने ‘वाइ वाइ’ नामको तयारी चाउचाउ हो ।
यसका साथै उनको ग्रुपको दुनियाँभरमा १ सय बढी होटल पनि चलाउँदैं आएको छ । जो मध्ये केही ताजसँग पनि जोडिएका छन् ।
अहिले चौधरी ग्रुपमा १६ हजार मानिस काम गरिरहेका छन् । फोब्र्सकाअनुसार आज यो कम्पनी करिब ७७४ करोड रुपैयाँको भइसकेको छ ।
जयपुरमै भयो छोराको विवाह
विनोदकी श्रीमतीको नाम सारिका हो । दुवैका तीन छोरा छन् । एक वर्ष अगाडि उनका छोरा राहुलको विवाह जयपुरमा भएको थियो ।
उनको छोराको विवाह मुम्बईका ब्यापारीकी छोरी सुरभी खेतानसँग भएको थियो । होटल रामबागमा भएको यो विवाहमा देश—विदेशका कयौं ब्यवसायी, भिआइपी पाहुना, एनआरआई, राजनीतिज्ञ र बलिउडका स्टारहरु पनि पुगेका थिए ।
बलिउडका गायक अनु कपुर, अभिनेता विनोद खन्ना, राजनीतिज्ञ दिग्विजय सिंह, बंगलादेशका पूर्व राष्ट्रपति जनरल इरशाद, मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद वाहिद, फिल्म निर्माता फिरोज नाडियावाला आदि चर्चित पाहुना सामेल थिए ।
जागरणबाट
nepalipatra.com
No comments:
Post a Comment