• Breaking News

    6.07.2016

    मनी ट्रान्सफर लुटेराले यसरी गरेछन् मस्ती

     बुधबार, २६ जेष्ठ, 

    काठमाडौं । अपारध गरेपछि अभियुक्त पक्राउ पर्ने डरले लुक्ने गर्दछन् । तर गत १२ जेठमा बल्खुको एक मनि ट्रान्सफरमा लुटपाट गरेपछि दुई युवक सिधै सपिङ गर्न सुन्धारास्थित सिभिल मल पुगे ।

    उदयपुरका दीपक खतिवडा र धादिङका विशाल घले बल्खुको विपिन इन्टरप्राइजेज (मनी ट्रान्सफर) बाट हतियार देखाई ४ लाख ९४ हजार लुटेपछि लगत्तै सपिङ गर्न निस्किएका थिए ।

    लुटेको पैसाले दुई जनाले करिब ५० हजार को ब्रान्डेड कपडा किने । महँगो मोटरसाइकल चढ्ने उनीहरुको पहिलेदेखिकै सपना थियो ।

    सिभिल मलबाट सपिङ गरेर सिधै बानेश्वरमा दुई लाख ८१ हजारमा बा ५८ प ३५९३ नम्बरको डियुक मोटरसाइकल पनि खरिद गरे ।

    मोटर साइकल चढेर राति नै उनीहरु घुमघामका लागि चिनवन हानिए । एक सातामै चार लाख रुपैयाँ सिध्याए ।

    एक हप्ता चिवतन घुमघामपछि गत २० जेठमा काठमाडौं आएका उनीहरु त्यसको भोलिल्टै प्रहरी हिरातमा पुगे ।

    'पारिवारको आर्थिक अवस्था राम्रै भए पनि मोजमस्तीको सोख पूरा गर्न उनीहरुको लुटपाट गरेको देखियो ' महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी हेम थापाले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र