• Breaking News

    6.25.2016

    यो गाउँ जाहाँ छोरीलाई सडकमा राखेर सेक्स ग्राहक खोजिन्छ

    भोपाल । भारतका केही स्थानमा अहिले पनि महिलाहरूले नारकीय जीवन विताउन बाध्य छन् । भारतमा हुने सेक्स व्यापारले त्यहाँमात्रै होइन नेपाल, बंगलादेशसहितका आसपासका छिमेकी मुलुकका चेलीहरूसमेत प्रभावित बन्न पुगेका छन् । तर भारले यसलाई नियन्त्रण गर्न खासै चासो दिएको छैन ।
    मध्य प्रदेशको नीमच, मन्दसौर र रतलाम इलाकामा महिलाहरूका लागि अहिले पनि नर्क जस्तैछ । यहाँ बाबुले आफ्नै छोरीका लागि यौनसम्पर्कका लागि ग्राहक खोजेर ल्याउने र त्यसवाफत केही रकम लिने गरेको समाचारमा उल्लेख छ ।
    बाबुआमाले नै छोरीलाई सेक्सका लागि बिक्री गरेर आएको पैसाले घरखर्च चलाउने गर्छन् । नीमच, मन्दसौर र रतलाम इलाकामा अहिले पनि सडकमा युवतीका साथै ग्राहक खोज्न बाबुआमाहरूनै देखिनेगरेका छन् ।
    यो इलाकामा सेक्सको व्यापारका लागि सामाजिक मान्यता नै पाएको समाचारमा जनाइएको छ ।
    यो समस्या बांछडा समुदायका युवतीहरूको समस्या हो । यस समुदायका केटी २०० सय वर्षदेखि सेक्स व्यापारबाट आएको पैसाले परिवार पाल्दै आएका छन् । करीव ७० गाउँमा सेक्स कारोवारका लागि संरक्षण क्षेत्र रहेको बताइन्छ । ती स्थानमा छोरीलाई ग्राहक ल्याइदिने र पैसा कमाउने वर्षौंदेखि चल्दै आएको छ ।
    साँझ पर्नेवित्तिकै बाँछडा समुदायका युवतीका बाबुहरूले छोरीका लागि पैसा तिरेर सेक्स गर्ने ग्राहक खोज्न थाल्छन् । छोरीहरूसँगै बसेर उनीहरूले ग्राहकसँग मोलमोलाइ गर्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    यो समुदायका युवतीले विवाह गर्नु पर्ने भएमा १५ लाख दाइजो दिनुपर्छ । तर गरिवीका कराण यति ठूलो धनराशि उनीहरू दिन नसक्दा छोरीहरूको विवाह नै नहुने गरेको बताइएको छ । – एजेन्सी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र