काठमाडौँ, २६ जेठ
वरिष्ठ संगितकार अम्बर गुरुङको निधनपछि खगेन्द्र संगौलाले ट्वीट गरे ‘सनातनी सत्ताप्रति सधैँ आज्ञाकारी, जनअधिकारप्रति सधै्रँ उदासीन, तैपनि अथक साधक, विशिष्ट संगीतकार र ठूला नायक । श्रद्धाञ्जलिसहित अलबिदा अम्बर दाई !’ शब्दकोषमा सकारात्मक शब्द नै छैनन् भनेजसरी जुन सुकै कुराको पनि विरोध गर्ने भनेर चिनिने संगौला वरिष्ठ संगितकारको निधनमा गरेको ट्वीटका कारण आलोचकको पात्र बनेका छन् । उनलाई आलोचना गर्ने मात्र होइन गाली गर्नेहरुको संख्या पनि उल्लेख्य छ ।
संगौलाको ट्वीटपछि अनमोल अविनाशले लेखेका छन–
यस्ता यस्ता शाब्दीक अपराधीलाई संजायको ब्यबस्था छैन भने तुरुन्त राँची पठाउने प्रबन्ध मिलाउ सरकार !!! चेतना भएका तर विवेकहिन कलमी अपराधीहरू नै हुन् जान्ने सुन्ने बौद्धिक व्यक्तित्वको नाममा समाजमा भाँडभैलो मच्याउने !!!
पुकार नेपाली पोखरेलले लेखेका छन–
राती को tweet होला यस्को।।।। यस्ता जड्यालाई पनि बौधिक व्यक्तीत्व भनेर हामीले मान्नु पर्ने।।।। थुक्क जिन्दगी।।।।
No comments:
Post a Comment