• Breaking News

    6.12.2016

    रंगशालाबाट भारतीय पत्रकारले नेपालीको तारिफ त गरे, तर नेपालमा आन्दोलन चर्काउने यस्ता कुरा किन ?

    काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भारतीय पत्रकार आनन्द स्वरुप बर्माले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै नयाँ शक्तिले नेपालको विकासमा आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

    सभालाई सम्बोधन गर्ने अन्य नेताभन्दा लामो समय बोलेका बर्माले नेपालमा राजा र राणाको दमनका बीच जनताले सघंर्ष गरेको बताउँदै नेपाली जनता सहनशील रहेको बताएका छन् । उनले भने, ‘नेपाली जनताले गित देखि नै हा–अधिकारका लागि संघर्ष गदैृ आएका छन् र आगामी दिनमा पनि गर्नेछन् । अब सुरु हुने संघर्षले पछिल्लो क्रान्तिको अपुरो चीजलाई पुरा गर्नेछ । मलाई विश्वास छ यतिबेला पनि नेपाली जनता सहनशील रहनेछन् ।’
    उनले त्यसको उदाहरण दिँदै यस्तो अवस्थामा धेरै सतर्कता साथ आन्दोलनको रुप रेखा तयार गर्नुपर्ने उनको भनाइ थियो । उनले भनाइमा नेपालमा अर्को आन्दोलन चर्काउनुपर्छ भन्ने आशय रहेको बुझिन्छ ।
    नयाँ शक्तिले विकासको मोडल तयार पार्ने बताइरहेका बेला बर्माले आन्दोलनको मोडल तयार पार्नुपर्ने बताएका हुन् ।
    उनले नेपालमा भएको २०४७ र ६२/६३ को आन्दोलनलाई संकेत गर्दै अर्को आन्दोलनको रुपरेखा निकै सचेतका साथ तयार गर्नुपर्ने बताएका हुन् ।
    उनले भने, ‘नयाँ शक्ति नेपालको राजनीतिमा एक प्रयोग हो । नेपालले एक स्वतन्त्र नीति तय गर्नुपर्छ । खाडीमा नेपालकिो पलाएन रोक्न सके नयाँ शक्तिको ठूलो उपलब्धी हुनेछ ।’

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र