यसै अवसरमा एमालेले मुलुकभरि विभिन्न कार्यक्रम गरी मदन भण्डारी र जीवराज आश्रितलाई स्मरण गर्दैछ । सो क्रममा एमालेको पुरानो पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्णपन गरिएको छ ।
माल्याणपनका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू बल्खु पुगेका थिए । दिउँसो जमलमा विशेष अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।
उता, चितवनको दासढुङ्गामा पनि विशेष कार्यक्रम गरिएको छ । दासढुङ्गामा मदन–आश्रितको शालिकमा माल्यार्णपन गरिएको छ ।
विक्रम संवत २०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जिप चालक अमर लामा जीवित रहेका थिए । पछि उनको हत्या भएको थियो ।
तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनाबारे अनुसन्धान नगरेको भन्दै एमालेको आलोचना हुँदै आएको छ । एमालेका कार्यकर्ताहरू दुसाढुङ्गा दुर्घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्न माग गर्दै आएका छन् ।
No comments:
Post a Comment