• Breaking News

    5.16.2016

    भारतले उडाएको ‘भू-उपग्रह’ टुक्रा टुक्रा भएर नेपालमा खस्यो

    ३ जेठ, अछाम ।
    भारतले उडाएको एउटा शंकास्पद उपकरण नेपाली भूमिमा टुक्रा टुक्रा परेर खसेको छ ।

    भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको शंकास्पद मानवरहित भूउपग्रह  अछाममा खसेको भेटिएको हो ।

    भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको सानो आकारको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा आइतबार दुर्घटनामा परेको हो ।

    बलाता–५ भिमडका चेतमानसिंह थापाले घर नजिकै शंकास्पद बस्तु खसेको खबर गरेपछि सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतबाट उडाइएको भू–उपग्रह भएको निष्कर्ष निकालेको थियो ।

    स्थानीयले खबर गरेपछि प्रहरी चौकी ढकारीका प्रहरी सहाक निरीक्षक परी बोहरोको नेतृत्वमा गएको टोलीले भारतबाट अत्याधुनिक बेलुनमार्फत उडाइएको भू–उपग्रह  फेला परेको पुष्टि गरेको छ ।

    भू–उपग्रहमा लेखिएको सूचनाका आधारमा भारतको नैनीतालबाट यसलाई उडाइएको खुलेको हो ।

    उनका अनुसार यो भू–उपग्रह मौसमसम्बन्धी परीक्षणका लागि उडाइएको अनुमान गरिएको छ । प्रहरीका अनुसार उत्तराखण्ड राज्यको नैनीतालबाट यो भू–उपग्रह उडाइएको पत्ता लागेको छ।

    दुर्घटनाग्रस्त मानवरहित साना भू–उपग्रह दुर्घटनामा परेपछि जलेर टुक्रा टुक्रा अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ ।

    भारतले उडाएर नेपाली भूमिमा दुर्घटनामा परेको सो भू–उपग्रह प्रहरी चौकी ढकारी ल्याएर राखिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र