• Breaking News

    5.15.2016

    सिंहदरबार घेर्दै राजेन्द्र महतोले भने, ‘मोदीलाई भनेर फेरि नाकाबन्दी गर्न नपरोस्’


    काठमाडौं, जेठ ३ । तराई मधेस केन्द्रित सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले आन्दोलनरत संघीय गठबन्धनको माग सम्बोधन नभए फेरि नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।

    सिंहदरबार घेराउ कार्यक्रमपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै महतोले सरकारले आन्दोलनरत गठबन्धनको माग सम्बोधन नगरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथ लिएर नाकाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

    ‘सरकारले हाम्रो मागलाई सम्बोधन गरे विगतको भन्दा ठूलो नाकाबन्दी हुन्छ’ उनले भने, ‘अर्को भयानक आन्दोलन र नाकाबन्दीका लागि हामीले भारतलाई गुहार्नु नपरोस् ।’ भारतको सहयोगमा आन्दोलन गर्नु परेको खण्डमा सरकारले थेग्न नसक्ने उनको भनाई थियो । तराई मधेसमा मात्रै जारी आन्दोलनलाई आफूहरुले राजधानी केन्द्रित गरेको भन्दै उनले यो आन्दोलनबाट अधिकार प्राप्ति सुनिश्चित हुनुपर्ने धारणा राखे ।

    सयौँ कार्यकर्ताको उपस्थितीमा सिंहदरबार घेरेका गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रमको पहिलो दिन संकेतका रुपमा मात्रै आन्दोलनको सुरुवात गरेको उनीहरुको भनाई छ ।

    सरकारले चाँडोभन्दा चाँडो गठबन्धनको माग सम्बोधन नगरे देश ठूलो दुर्घटनामा फस्ने उनको भनाई छ । विगतमा नाकाबन्दी गर्दा सरकारले हारगुहार गर्दै मोर्चासँग सहयोग मागी आन्दोलन तुहाउन सफल भएको जिकिर गर्दै महतोले अबको आन्दोलन सरकारले तुहाउन नसक्ने दावी गरे ।

    नरेन्द्र मोदीलाई नेपाल ल्याउने वातावरण निर्माणका लागि गठबन्धनले भूमिका निभाउने समेत महतोले स्पष्ट पारेका थिए । उने सिंहदरबारभित्रका नेतालाई हल्लाउन सो कार्यक्रमको आयोजना गरेको बताए ।

    khabartimes.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र