मंगलबार राती करिव १२ : ५५ मिनेटमा भूकम्पको कडा धक्का महशुश भएको छ । भूकम्पका कारण मध्यरातमा मस्त निन्द्रामा रहेका काठमाडौबासीहरु घर बाहिर निस्केका छन् ।राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो ।
मध्यरात मस्त निद्रा रहेका राजधानीबासीलाई भूकम्पको धक्काले ब्युंँझाइदिएको थियो । एक्कासी भूकम्पको धक्काले व्युँझिएका राजधानीबासी घरबाट बाहिर निस्केर भागाभाग समेत गरेका थिए ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभए गोरखा भूकम्पकै पराकम्प हो ।
No comments:
Post a Comment