• Breaking News

    5.23.2016

    यस्तो भयो फेसबुकमा किस खाएको फोटो पोस्ट गर्दा

     मंगलबार, ११ जेष्ठ, 

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुक युवा युतीमा प्रतिशोधको  प्रमुख हतियार बन्दै गएको छ ।खासगरी प्रेममा धोका पाएपछि अथवा आफूले मन पराएको युवतीले आफूलाई मन नपराएपछि फेसबुकबाट गोप्य तस्वीरहरु फेसबुकमा सार्वजनिक गरेर प्रतिशाध लिने प्रवृत्ति डरलाग्दो रुपमा बढेको छ ।

    फेसबुकको दुरुपयोग गर्दा हुनसक्ने सजाय बारे जनकारी नहुँदा युवा युवतीमा यसको दुरुपयोग बढेको प्रहरी अधिकारी बताउँछन् ।यस्तै घटनामा एक किशोर आइतबार पक्राउ परेका छन् । इलाम घर भएका मार्विङ मगरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

    आफूले मन पराएकी केटीले अर्कै केटासँग विहे गर्ने तयारी गरेपछि विहे भाँड्न  फेसबुकको सहायता लिए । युवतीसँग भेट्दाका फोटो मात्र होइन त्यसलाई फोटोसपबाट किस खाइरहेको बनाएर फेसबुकमा पोस्ट गरिए ।

    त्यति गरेपछि विहे तय भएको केटाले प्रमिकालाई छाड्ने र आफ्नो प्रेम सफल हुने उनको सपना थियो ।तर त्यही कुबुद्धिले उनी प्रहरी हिरासतमा पुगेका छन् ।  युवतीलाइ माात्र होइन परिवारलाइ पनि उनले अनेक दुःख दिइरहेका थिए ।

    त्यसकारण युवतीले प्रहरीमा उजुरी गरेपछि परिवारले नै उनलाई प्रहरीमा ल्याएर बुझाएका थिए ।मगरलाई साइबर क्राइम अपराधमा प्रहरीले कारवाही अगाडि बढाएको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र