• Breaking News

    5.23.2016

    गर्मी मौसममा मुहारलाई कसरी गोरो बनाउने ? अपनाउनुस् घरेलु उपाय

    गर्मी मौसम सुरु भएसंगै छाला तथा अनुहारमा बिभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्दछन् । गर्मीले तथा घामले गर्दा अनुहारमा पसिना आउने, छाला कालो हने जस्ता समस्याहरु देखिन्छ ।
    त्यसैले गर्मी मौसममा मुहार तथबा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ यसका लागि अपनाउनुपर्ने घरेलु उपायहरु निम्न छन् ।
    १. काँक्रो, गुलाबजल र कागतिको पेस्ट बनाएर त्वचामा लगाउने र १० मिनेट पछि सफा पानीले धूने गर्नाले अनुहारमा गोरोपन आउँछ ।
    २. पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ ।
    ३. त्यसैगरी टमाटर, दही र कागतिको रसको फेसप्याक बनाई त्वचामा लगाउने र आधा घण्टा पछि सफा पानीले धूने गर्नाले त्वचामा पोषण प्राप्त हुन्छ र त्वचा नरम हुनुका साथै चमक पैदा हुन्छ ।
    ४. चन्दन, नरिवलको पानी, बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो देखिन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र