• Breaking News

    5.20.2016

    जनताको मनोभावना बुझेको छु, केही समय पर्खनुहोस् : पूर्वराजा ज्ञानेन्द्र

    काडमाडौं, ८ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बीपी राजमार्ग हुँदै पूर्व लागेका छन् । सिन्धुलीमाढी पुगेका शाहलाई सरकारको मुख्य घटक दल राप्रपा नेपालका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

    शाहलाई कमलामाई नगरपालिकामा स्वागत गरिएको थियो । स्वागतका क्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्चाले पूर्वराजालाई देश बचाउन आग्रह गरेका थिए ।

    ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेला भएका सर्वसाधारणसँग भने- ‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।’

    आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने- ‘समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।’

    कडा सुरक्षाबीच आफैले ड्राइभिङ गर्दै सिन्धुलीमाढी पुगेका पूर्वराजा ज्ञानेन्द्रले गाडीबाटै स्वागत ग्रहण गरेका थिए । झण्डै २० मिनेटको अनौपचारीक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए । स्वागतका क्रममा शाह गाडीबाट भने ओर्लिएका थिएनन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र