• Breaking News

    5.30.2016

    गृहमन्त्रीले फुटबल खेल्दा प्रहरीमा रुवाबासी !

    जेठ १८ । नेपाल प्रहरी संगठनमा निराशा बनाएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आइतबार अमेरिका भ्रमणमा निस्किएका छन् । लामो समयदेखि बढुवाको पर्खाइमा रहेका प्रहरी अधिकारीहरु बढुवाको सिफारिस नै नगरी आईजिपी विदेश भ्रमणमा निस्किएपछि निराशा भएका हुन् । त्यसो त यसमा अर्यालको भन्दा गृहमन्त्री शक्ति बस्नेतको कमजोरी छ । आईजिपी अमेरिका जानुअघि ६५ जना सईलाई इन्स्पेक्टरमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी थियो । त्यसका लागि बढुवा सूची पनि टुंगो लागिसकेको थियो । तर, आइतबार गृहमन्त्री बस्नेत फुटबल खेलमा व्यस्त हुँदा प्रहरीमा बढुवाको निर्णय हुन सकेन् । आजको दृष्टि साप्ताहिकमा खबर छ । गणतन्त्र दिवसको उपलक्ष्यमा दशरथ रंगशालामा आयोजित मैत्री फुटबलमा प्रधानमन्त्री–११ र मुख्यसचिव–११ बीच फुटबल खेलाइएको थियो । मैदानमा प्रधानमन्त्री केपी ओली समेत उत्रिएका थिए । गृहमन्त्री बस्नेतले पनि पूरा समयसम्म मैदानमै रहँदा प्रहरीको बढुवाबारे अन्तिम छलफल गर्ने समय नपुगेको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र