• Breaking News

    5.26.2016

    चीनले बेचिरहे छ दक्षिणी अफ्रिकी मुलुकमा मान्छेको मासु !

     काठमाडौं, १३ जेठ । दक्षिणी अफ्रिकी मुलुकमा मान्छेको मासु विक्री गरेको भन्ने आरोप लागेको चीनले उक्त आरोपको खण्डन गरिसकेको छ । र पनि यो विषय सञ्चार
    माध्यम छाइरहेको छ ।
    चीनले गाईको मासु भनेर मान्छेको मासु विक्री गर्ने गरेको सार्वजनिक भएपछि जाम्बियास्थित चिनियाँ राजदूतले विज्ञप्ति निकालेर सोको खण्डन गरेका थिए । जाम्बियाकी एक महिला बारबरा अकुओसा एबोएगेले सामाजिक सञ्जाल मार्फत गाईको मासु भनेर चीनले मान्छेको मासु बेच्ने गरेको तस्विर सहित दावी गरेकी थिइन । त्यसपछि राजदूतको खण्डन सहितको विज्ञप्ति आएको हो ।

    सार्वजनिक गरिएको यी तस्विरका सत्य पक्ष

    Snopes.com अनलाइनका अनुसार यो डर लाग्दो तस्विर सन् २०१२ को हो । यी तस्विर एक भिडियो गेमको प्रमोशनका लागि प्रयोग गरिएको थियो । लन्डनको स्मिथफिल्ड फिल्ड मार्केमा मासु पसलमा नक्कली मान्छेको मासु बच्नका लागि राखिएको थियो । पछि यो तस्विर भाइरल भएको र सामाजिक सञ्जालमा गलत तरिकाले अफवाह फैलिएको इण्डियाआजतकले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र