• Breaking News

    5.16.2016

    'मधेसबाट लखेटिएपछि काठमाडौ आएका हुन्' : प्रधानमन्त्री ओली

    काठमाडौं, ४ बैशाख
    प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । ‘सडकमा उभिएर दुई–चारजना मान्छेले ट्राफिक जाम गरेका छन्,’ २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ओलीले भने, ‘सरकारले एक–दुई दिन मात्र छुट दिन्छ, त्यसपछि चुप लागेर बस्दैन ।’ जायज माग सुन्न र पूरा गर्न आन्दोलनको आवश्यकता नरहेको भन्दै उनले मधेसका नाममा मधेसी जनतालाई दुख दिएका कारण त्यहाँबाट लखेटिएपछि काठमाडौंमा आन्दोलन सुरु गरेको दाबी गरे । नयाँ पत्रिका दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र