• Breaking News

    5.28.2016

    महाराजगञ्जमा पैसा तिरेर लगेकी केटीले बलात्कारको आरोप लगाएपछि…

    काठमाडौं, १५ जेठ । राजधानीमा एक पुरुष बलात्कारको आरोप पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित कोसेली गेष्टहाउसमा एक युवतीलाई जबरजस्ती करणी गर्न खोजको अभियोगमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने बैतडी दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय सोमे महरालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    युवतीलाई ललाई फकाई गेष्ट हाउसमा लगी जबरजस्ती करणी गर्न खोजेपछि पीडितले महानगरीय प्रहरी बृत्त महाराजगंजमा जानकारी गराए पश्चात काठमाडौं नारायणटारबाट महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रारम्भिक अनुसन्धानअनुसार ती युवतीलाई पैसा र जागिरको प्रलोभन देखाएर होटल लगेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र