जेठ १५, काठमाडौं। मैले एक बोतल बियर खाएर आएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकलमा घरमै गएको हुँ ।
दिउँसो पनि उसको घर गएको थिएँ । बेलुका पनि गएँ ।कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा पर्यो ।उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ ।
मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो ।म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसें । मलाई पनि रिस उठेको थियो ।एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् ।
मैले उठाएर खाटमा राख्दा उनको मृत्यु भइसकेको थियो । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताए ।
-नयाँ पत्रिका दैनिक
No comments:
Post a Comment