• Breaking News

    5.27.2016

    अर्को भयंकर आन्दोलनको तयारीमा गठबन्धन

    १४ जेठ, काठमाडौं ।
    सिंहदरबार र बालुवाटार घेर्दै जुलुस,र्याली र विरोधसभामा परिणत भएको मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले आज आन्दोलनको समिक्षा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रमको तय गर्ने भएको छ ।
    संघीय समाजवादी फोमको कार्यालयमा बस्ने बैठकले भावी आन्दोलनका कार्यक्रमको बारेमा निर्णय गर्ने बताइएको छ । गठबन्धनले गर्दै आएको राजधानीकेन्द्रित आन्दोलन शनिबारदेखि सकिँदैछ ।
    गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । १८ गतेबाट अर्को चरणको आन्दोलनको तयारी गठबन्धनले गरेको छ ।
    गठबन्धनले सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको कार्यक्रम स्थगित गरि राजधानीका विभिन्न स्थानमा विरोध प्रर्दशन गरिरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र