• Breaking News

    5.23.2016

    एमालेमा प्रवेश गर्नेको ओइरो, कांग्रेस र माओवादीको ‘पत्ता साप’

    पाँचथर, १० जेठ । पाँचथरको पञ्ची गाविस गोपेटारमा एमाले गाउँ कमिटीको आयोजित कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टीका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् 
    ‘आत्मनिर्भर सहितको सुखी नेपाली जनता, राष्ट्रिय स्वाभिमानसहितको समृद्ध नेपाल निर्माणको अभियानमा’ भन्ने मूल नारासहित सोमबार राप्रपा पार्टी कार्यकर्ता ५० जना र नेपाली काँगे्रस कार्यकर्ताहरु १ सय जना एमालेमा प्रवेश गरेका हुन् ।
    एमालेको नीति तथा कार्यक्रम मन पराएरै एमालेमा प्रवेश गर्नेको ओइरो लागेको एमाले क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष तिर्थराज तिम्सिनाले बताए । अब गाउँ गाउँमा एमालेमा प्रवेशलाई कसैले नरोक्ने र प्रवेशको ओईरो लाग्ने उनको भनाई छ ।
    नव प्रवेशी कार्यक्रम पञ्चमी एमाले गाउँ कमिटीको आयोजनामा भएको हो । नव प्रवेशीहरुलाई एमाले जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी, उपाध्यक्ष भवानी लिङदेन, सचिव तिवेन्द्रराज चापागाई, युवासंघ नेपालका केन्द्रिय सदस्य तथा प्रभावशाली एमाले युवा नेता नर बहादुर गरुङ लगायतले अविर लगाइ स्वागत गरेका थिए ।
    dainiknepal

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र