• Breaking News

    5.20.2016

    सलमानलाई प्रेमिका लुलियाको चिन्ता, बडिगार्ड पठाएर सुरक्षा बढाए


     शुक्रबार, ७ जेष्ठ, 

    नयाँदिल्ली- लाग्छ, सलमान खान घोडा चढ्ने नै भए, प्रेमिका लुलिया वन्तुरसँग उनको विवाहको यति ठूलो चर्चा छ । केहीलाई त लुलियाको सुरक्षा चिन्ताले समेत सताउन थालेको छ । सुरक्षा चिन्ताले सत्ताउन थालेका ब्यक्ति अरु कोही नभएर सलमान खान नै हुन् ।

    वास्तवममा जबदेखि यो थाहा भयो उनकी रोमानियन गर्लफ्रेण्डसँग विवाहको योजना बनिरहेको छ । त्यतिबेला देखि उनी चर्चामा छिन् । यसपछि जहाँ लुलिया जान्छिन्, मिडिया र फ्यानहरुले उनको पिछा गर्न थालेका छन् । 

    सलमानले उनको सुरक्षा जिम्मा आफ्नो हातमा लिइसकेका छन् । इण्डियन एक्सप्रेसको रिपोर्ट मुताविक सलमानले लुलियाको सुरक्षाका लागि आफ्ना केही बडिगार्ड समेत पठाइसकेका छन् । उनी जब बाहिर जान्छिन्, सलमानका बडिगार्डहरु उनको साथमा हुन्छन् । 

    रिपोर्टमा एक सुत्रको हवाला दिदैं भनिएको छ सलमान चाहदैंनन् कि लुलिया बाहिर निस्किदा कुनै खतराको सामना गरुन । सलमानलाई मिडिया र फ्यानहरुको फोकस लुलियामाथि छ । त्यसैले उनले लुलिया बाहिर निस्किदा सँगै तीन बडिगार्ड राख्ने फैसला गरेका हुन् । 

    अघिल्लो वर्ष हिट एण्ड रन मुद्धामा सलमानले सफाइ पाएपछि लुलियासँग उनको विवाहको अडकल काटिएको थियो । पछिल्ला केही दिनमा भने यो अडकल अझ तीब्र बनेको छ । 
    अहिले लुलिया सलमानकी आमा सलमासँग पनि काफी नजिकिदैं गएको बताइएको छ । सलमान पनि आमाको खराब अवस्था देखेर विवाह गर्नका लागि तयार भएका छन् । 

    यहाँसम्मकी २७ डिसेम्बरमा आफ्नो वर्थ डेमा सलमान विवाह गर्ने चर्चा पनि चलिरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र