हालै भएको आइफा अवार्ड कन्फ्रेन्सको दौरान सलमानले निकै कुरा खोले। आफ्नो विवाहको बारेमा बोले। आफ्नो नृत्यकलालाई लिएर भएको प्रश्नमा उनले आफुलाई टाइगर वा ऋतिकको जति आस नगर्न आग्रह समेत गर्न भ्याए।
आफ्नो फिटनेस पहिलेझै नरहेको सलमान महसुस गर्दैछन्। उनको इशारा पनि यहि थियो कि अब उमेर ढल्कन लाग्यो। तापनि सलमानले अझै विवाह गर्ने कुनै चाँजो नरहेको बताएका छन्।
विवाहको खबरले मिडिया व्याप्त रहँदा समेत सलमानले आफुलाई विवाह गर्न कुनै हतार नरहेको बताएका हुन। उनले भने, ‘सबैलाई भनेर विवाह गर्छु, लुकाएर होइन’
No comments:
Post a Comment